ओलीको अर्को बोलीः दुई बर्षभित्र देश खाद्यान्नमा आत्मनिर्भर

Share:

काठमाडौँ, १७ पुस-
एक बर्षभित्र लोडसेडिंग अन्त्य गर्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई बर्षभित्र देश खाद्यान्नमा आत्मनिर्भर हुने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगद्वारा आज आयोजित समितिको ३५ औँ बैठकलाई सम्बोधन गर्दै सरकारले दुई वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर, एक वर्षभित्र विद्युत्भार कटौती अन्त्य र औद्योगीकरणलाई जोड दिएको बताए ।
“जनताले कर्मचारीबाट फटाफट काम होस् भन्ने चाहन्छन्, सरकारले सबै किसिमका विकास आयोजना सञ्चालन गरिदियोस् भन्ने चाहना राख्दछन् त्यो पूरा गर्नु हामी सबैको दायित्व हो ।” उनले भने ।
ओलीले राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाको प्रगति सन्तोषजनक नदेखिएकाले थप क्रियाशीलताका साथ काम गर्न सम्बन्धित पक्षलाई आग्रह गरे ।
उनले भने– “जुन रुपमा आयोजनाहरुको प्रगति हुनुपर्दथ्यो, त्यो देखिएन, म आयोजना कार्यान्वयन गरिरहेका सम्बन्धित मन्त्रालयलाई थप क्रियाशीलताका साथ काम गरी आयोजनाहरुको उद्देश्य प्राप्त गर्न आग्रह गर्दछु ।”
उनले विकासका काममा ढिलासुस्ती गर्नेमाथि मात्र कारबाही नगरी काम नगर्नेमाथि पनि कारबाही गरिने बताए ।

कमेन्ट गर्नुहोस्
Share: