भारतको पठानकोट एयरबेसमा आक्रमण, चार आक्रमणकारी मारिए

Share:

 १८ पुस, काठमाडौं ।

भारतको पन्जाबस्थित पठानकोट एयरबेसमा शनिबार विहान आक्रमण भएको छ ।

आक्रमणमा चार चरमपन्थी मारिएका छन् । पन्जाब बोर्डर रेन्जका पुलिस उपमहानिरीक्षक विजय कुँवर प्रताव सिंहले चार आक्रमणकारी मारिएको पुष्टि गरेका छन् ।

दुई सुरक्षाकर्मीको मृत्यु भएको बताइए पनि पुष्ट भएको छैन । ६ जना गम्भीर घाइते भएका छन् ।  समाचार एजेन्सी पीटीआईले पन्जाव पुलसका अतिरिक्त महानिर्देशशकलाई उदृत गर्दै मुठभेड समाप्त भएको बताएको छ ।

शनिबार विहान ३ बजेतिर आक्रमण भएको थियो । पठानकोट पाकिस्तानको सीमा नजिक पर्छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार आक्रमणकारीले सेनाको जस्तै बर्दी लगाएका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: