
काठमाडौं, १९ पुस-
साफ च्याम्पियनसिप फुटबलको उपाधीको लागि आज भारत र अफगानिस्तान भिड्दैछन् । आजको फाइनल खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे भारतको त्रिवेन्द्रम रंगशालामा हुनेछ ।
अफगानिस्तान अघिल्लो पटकको विजेता हो भने भारत आयोजक राष्ट् हो । भारतले मालदिभ्स र अफगानिस्ताले श्रीलंकालाई पराजित गर्दै आज उपाधि भिडन्तमा उत्रिएका हुन् ।
गतबर्षको उपाधि विजेता अफगानिस्तानले एशियाली फुटबल महासंघ का दक्षिण एशीयाली समूह छोडी मध्य एशियाली समुहबाट खेल्ने भएकाले यो खेल जितेर फर्किन चाहेको छ भने आयोजक भारतले पनि घरेलु मैदानमा अफगानिस्तानलाई पराजित गर्दै उपाधि खोस्ने योजनामा छ ।
कमेन्ट गर्नुहोस्
