भारत भूकम्पमा परी ६ जनाको मृत्यु, सयभन्दा बढी घाईते

Share:

२० पुस-
आज बिहान भारतमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ । एकसय भन्दा बढी घाईते भएका छन् ।
बिहान ४ बजेर ५३ मिनेटमा भारतको पश्चिमबंगालस्थित मैनपुरलाई केन्द्रबिन्दु बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका धक्का नेपालको पूर्वी क्षेत्रका साथै अन्य विभिन्न ठाउँमा समेत महसुस गरिएको थियो ।

क्षतिको थप विवरण आउने क्रम जारी छ । भूकम्प मापन केन्द्रका अनुसार पृथ्वीको सतहबाट १० किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश भाग तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: