
पोखरा, २१ पुस-
कास्कीमा भोली बुधबार डिजेल वितरण गरिने भएको छ । जिल्ला आपूर्ति समितिका अनुसार पोखरा र लेखनाथका ३३ पम्पबाट दुई लाख ६६ हजार लिटर डिजेल वितरण गर्न लागिएको हो । पछिल्लो समय आपूर्ती केही सहज बन्दै गएपछि निगमले डिजल तथा पेट्रोलको बिक्री परिमाण समेत बढाउँदै लगेको छ ।
कमेन्ट गर्नुहोस्

