स्वास्थ्य मन्त्रालयले द्रुत मार्गबाट ४४ प्रकारका औषधि ल्याउने

Share:

काठमाडौँ, २१ पुस-
स्वास्थ्य मन्त्रालयले द्रुत मार्गबाट ४४ प्रकारका औषधि ल्याउने भएको छ ।

मन्त्रालयले ८४ प्रकारका औषधिका लागि टेन्डर आह्वान गरेको भए पनि ४४ प्रकारका मात्र औषधिको लागि टेन्डर परेपछि बाँकी औषधि अन्य विकल्पबाट ल्याउने तयारी भएको छ ।

भारतीय अघोषित नाकाबन्दी र तराईमा जारी मधेस आन्दोलनका कारण नेपालमा औषधिको अभाव भएपछि मन्त्रालयले द्रुतमार्गबाट औषधि ल्याउन टेन्डर आह्वान गरेको थियो ।

सोह्रवटा नेपाली तथा भारतीय कम्पनीले औषधि ल्याउनका लागि टेन्डर हाली छनोटमा परेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी ४० प्रकारका औषधि टेन्डरबाट ल्याउँदा अत्यधिक महँगो पर्ने भएकाले ती औषधि दातृ निकायबाट राहत स्वरुप प्राप्त हुने र नियमित टेन्डरअनुसार ल्याइनेछ ।

कमेन्ट गर्नुहोस्
Share: