कार्यदल स्तरमा सम्वाद सुरु, विश्वासको वातावरण बनाउन प्रयास

Share:

२२ पुस, काठमाडौं । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यदल स्तरमा वार्ता सुरु भएको छ ।
मधेसी मोर्चाले कार्यदल बनाएको भोलिपल्ट बुधबार वार्ता भएको हो । शान्ति तथा पुननिर्माण मन्त्रालयमा साँझ भएको वार्तामा विश्वासको वातावरण बनाउनेबारे छलफल भएको छ ।
नेताहरुका अनुुसार बिहीबार विहान ९ बजे बैठक राखिएको छ । र, उक्त बैठकमा ११ बुँँदे मागमा विषय प्रवेश गरेर छलफल सुरु हुनेछ । ‘आज विश्वासको वातावरण बनाउने प्रयास भएको छ’ तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले भने(‘भोलिबाट विषय प्रवेश हुन्छ ।’
भोलिबाट मधेसी मोर्चाले राखेको ११ वटा बुँदामा छलफल थाल्ने र एकएक टुग्याउँदै जाने सहमति भएको संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: