
पोखरा, पुष २३। माधब पनेरु ।
काठमान्डौको न्यरोडमा रहेको एक सुन पसलमा गएको १२ गते सुन चोरी गरेर फरार रहेका तिन जना पक्राउ परेका छन । पक्राउ परेका तिन जना मध्ये एक जना भने पोखरा बाट पक्राउ परेको हो । म्याग्दी जिल्लाको रुम गाविस घर भएका , पोखराको टडिखेलमा रहेको राष्ट्रिय उच्च माविमा १२ कक्षामा अध्ययनरत चिरन्जीवी पुन पृथ्वीचोक बाट कास्की प्रहरीको नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पुन पक्राउ परेपछि अन्य फरार चोरहरुलाई प्रहरीले काठमान्डौ बाट नियन्त्रणमा लिएको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले पत्रकार सम्मेलनमा जानकारी दिए चिरन्जवीले दिएको सुचनाको आधारमा अरु चोरहरु नियन्त्रणमा लिन सजिलो भएको उनले सो अबसरमा बताए । दिलिप संगै म्याग्दीकै सोही गाबिस बस्ने दिलीप भनीने दिल बहादुर पुन र नुवाकोट महाकाली घर भएका उमेश लामालाई पक्राउ गरिसकिएको छ ।
पोखरामा पक्राउ परेका चिरन्जीवी पुनको साथ बाट प्रहरीले ९३ तोला सुन, ५७ तोला चाँदी, मोवाईल , ल्यावटप बरामत गरेको छ । अन्य सामानहरु बरामद हुन बाँकी रहेको प्रहरी प्रमुख पालले बताए । काठमान्डौमा पक्राउ परेकाहरु बाट पनि थप सामान बरामद हुने उनको भनाई छ । यस अघि पनि चारी मुद्धामा सजाय भोगिसकेका उमेश र दिलिप पुन सहितको टोली पोखरामा पनि सुन पसल चोरी गर्ने योजना बनाएको प्रहरीको दावि छ । उनिहरुले पोखराको न्युरोडमा रहेका तिनवटा सुन पसलको रेक्की गरिसकेको र केही दिन पक्राउ नपरेको भए चोरी भैसक्ने रहेछ । बेलैमा नियन्त्रणमा लिएकाले घटना हुन पाएन, पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख पालले भने । पक्राउ परेका तिन जनालाई आबस्यक कानुनी कार्वाही सुरु गरिने प्रहरीले जनाएको छ ।
लामो समयकै प्रयासमा काठमान्डौमा चोरी गरेर सुरक्षीत हुनका लागि पोखरा आएको पक्राउ परेका चिरन्जीवी पुनको बयान बाट खुलेको बताईएको छ ।
