दुई बालिकालाई झुक्याएर भारत लैजाँदै गरेको अवस्थामा दलाल पक्राउ

Share:

२३ पुस-
प्रहरीले सप्तरीको लहानबाट भारततर्फ बेच्न लैजान लागिएका दुई बालिकासहित दलाललाई पनि नियन्त्रणमा लिएको छ ।
प्रहरीले झुक्याएर भारततर्फ लैजान लागेका २३ बर्षीय मोहम्मद मुख्तारसहित बालिकाहरुलाई नियन्त्रणमा लिईएको हो । बेच्न लैजान लागिएका १४ र १५ बर्षीय दुवै बालिका उदयपुरका हुन् ।
नियन्त्रणमा लिइएका बालिकालाई अभिभावको जिम्मा लगाइने र दलाललाई मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: