रेम बिक
पोखरा, २५ पुस | छैठौँ विग आईकन अन्तरगत उत्कृष्ट ३० प्रतियोगी छनौट भएका छन् । पाँचौ चरणको अडिसनबाट छानिएका ३६ जना प्रतिस्पर्धीहरुमध्यबाट छैठौँ चरणमा आउँदा ६ जना प्रतियोगी बाहिरिएपछि उत्कृष्ट ३० प्रतियोगी छनौट भएका हुन् ।
शनिबार भएको छैठौँ चरणको अडिसनमा प्रतियोगीहरु प्रदिप भट्टराई, मोहदत्त काफ्ले, होमबहादुर गुरुङ, आकाश पौडेल, प्रकाश तामाङ र गौरब पुन बाहिरिए । उत्कृष्ट ३० छनौट भएसँगै विग आईकनको यो सिजनको अडिसन राउण्ड केहि फरक शैलीमा अगाडि बढ्ने एफएमले जनाएको छ । छैठौँ चरणको अडिसनसम्म आईपुग्दा संगीत बिना नै गाएका प्रतियोगीहरुले आगामी चरणमा भने गितार र पियानोमा गाउनेछन् ।
‘अबको चरणलाई पियानो राउण्ड भनिनेछ । र, उत्कृष्ट १० प्रतिस्पर्धी छनौट हुने बेला सम्म यहि शैलीमा अडिसनका राउण्डहरु अगाडि बढ्नेछ ।’ विग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने–‘संगीतसँगै प्रतिस्पर्धीहरुले गाएको सुन्दा स्रोताहरुलाई पनि आनन्द हुने कुरामा हामी विश्वस्त छौँ ।’
शनिबार भएको छैठौँ चरणको अडिसनमा श्यामसुङ तामाङ र विनोद बाँनिया निर्णायक रहेका थिए । उनीहरुसँगै यो सिजनको विग आईकनमा सुनील थापा, कर्णदास र विवेक श्रेष्ठ पनि निर्णायकको रुपमा रहेका छन् ।
छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।
त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।
पाँचौ चरणको अडिसन भिडियोमा हेर्नुहोस् :
