कक्षा ११ को परीक्षाफल केही दिनमै प्रकाशित हुने

Share:

काठमाडौं, २६ पुस-
उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को नतिजा प्रकाशनको तयारी गरेको छ ।
परिषद्का अनुसार मंगलबारसम्ममा कक्षा ११ को परीक्षाफल सार्वजनिक हुनेछ ।
परिषदका सदस्य सचिव नारायणप्रसाद कोइरालाले नतिजा प्रकाशनका लागि तयारी तिव्र पारिएको जानकारी दिए । गत जेठ २० गतेदेखि भएको परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: