पोखराको बजेट ८७ करोड, लेखनाथको साढे २१ करोड

Share:

पोखरा, २९ पुस-
पोखरा उपमहानगरपालिकाको २० औँ नगर परिषद्मा मङ्गलबार आव २०७३/७४ का लागि रु ८७ करोड २० लाख ५५ हजारको बजेट पेस गरिएको छ ।
उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले आन्तरिक आम्दानीतर्पm रु ४० करोड ३५ लाख र बाह्य स्रोततर्पm रु ४३ करोड ८५ लाख तथा वैदेशिक सहायताबाट रु तीन करोड ५५ लाखको व्यहोरिने गरी बजेट प्रस्तुत गरे ।
नगर परिषद्मा पेस गरिएको कुल बजेट गत वर्षको तुलनामा १७ प्रतिशतले बढी छ ।
यसैबीच, लेखनाथ नगरपालिकाले आगामी र्आिर्थक बर्ष २०७३/७४ का लागि २१ करोड ५२ लाख २० हजारको बजेट सार्वजनिक गरेको छ ।
मंगलबार एक कार्यक्रमका बिच कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले आन्तरिक स्रोत तर्फ दुई करोड ९० लाख र बाह्य स्रोत तर्फ १८ करोड ६२ लाख २० हजार गरि कुल २१ करोड ५२ लाख २० हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।
जुन बजेट गत बर्षको तुलनामा ४.३३ प्रतिशतले कमि हुन आएको देखिन्छ । गत बर्ष २२ करोड ४९ लाख ४७ हजारको बजेट पेश गरिएकोमा यस बर्ष विश्व बैकको अनुदान सहयोगमा निर्माण हुने आयोजनाहरुका कारणले बजेटमा कमि आएको हो ।

कमेन्ट गर्नुहोस्
Share: