छैंठौं संस्करणको पोखरा महोत्सव आजदेखि

Share:

पोखरा,३० पुस। पोखराको अमरसिंह चौरमा आजदेखि छैंठौं संस्करणको पोखरा महोत्सव हुदैंछ । युवाको जाँगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा नयाँ पर्यटकिय गन्तव्य चिडियाखाना निर्माणका लागि पहलकदमी गर्दै आएको स्थानिय युनाइटेड क्लवले आयोजना गर्दै आएको छैंठौं संस्करणको महोत्सव आजदेखि शुरु हुने भएको हो ।

माघ १० गतेसम्म सञ्चालन हुने छैंठौं संस्करणको पोखरा महोत्सवको नेपाल सरकारका गृहमन्त्री शक्ति बस्नेतले उद्घाटन गर्नेछन । माघ १० गते सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी एवं विक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं विक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, व्यवशायिक संघ सस्थाहरुको सेवाबारे जानकारी, व्यवशायिक संघ संस्थाहरुको सेवाबारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी गराइने महोत्सवका प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
त्यसै गरी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु दोहोरी गीत तर्फ रामजी खाँड, हेमन्त शर्मा, विमलराज क्षेत्री, टिका पुन लगाएतका कलाकारहरुको प्रस्तुती रहनेछ भने नेपालका ख्यातिप्राप्त ब्याण्ड तथा कलाकारहरु सविन राई, निमा रुम्बा, आस्था राउत लगायतको लाइभ प्रस्तुती रहने छ साथमा लोकल व्याण्डहरुको प्रस्तुती, हांस्यब्यङ्ग प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, वाल उद्यान, नेपाली संस्कृति झल्कने प्रस्तुती, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
सालिमार सिमेन्टको मुख्य प्रयोजकमा सञ्चालन हुने उतm महत्सवमा पोखरा तारा खुल्ला नृत्य प्रतियोगिता दुईको समेत आयोजना गरिने भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: