
नवराज ढुङ्गाना-
पोखरा, ३० पुस,
पोखरामा भोली शनिबार दुईपाँग्रे सवारीसाधनका लागि पेट्रोल र निजी तथा सार्वजनिक सवारीसाधनका लागि डिजेल वितरण हुने भएको छ । जिल्ला आपूर्ती समिति कास्कीको बिहीबार बसेको बैठकले १ लाख ४ हजार लिटर पेट्रोल र १ लाख ६ हजार लिटर डिजल वितरण गर्ने निर्णय गरेको हो ।
२७ वटा पम्पबाट जोर बिजोर प्रणालीका आधारमा मोटरसाईकललाई ५ सय र स्कुटरलाई ४ सय रुपैयाँ बराबरको पेट्रोल वितरण गरिने समितिले जनाएको छ । यस्तै, ३२ वटा पम्पबाट सबै प्रकारका सवारीसाधनलाई सवारीको प्रकार अनुसारको परिमाणमा डिजेल वितरण हुनेछ ।
शुक्रबार पत्रकार तथा अत्यावश्यक सवारीसाधनका लागि बिहान ८ बजेपछि कालिका फ्युल स्टेशन मालेपाटनबाट पेट्रोल उपलब्ध गराईनेछ । डिजेलको हकमा भने लामो दुरीको ठुलो ट्रक, वसका लागि ८ हजार रुपैयाँ बराबरको, ग्रामिण रुटमा चल्ने ठूलो बसका लागि ४ हजार, मिनी तथा हायस बसका लागि ३५ सय, नगरबसका लागि ४ हजार, मिनि, मझौला र लोकल ट्रकहरुका लागि ३ हजार रुपैयाँ बराबरको डिजेल वितरण हुनेछ । यस्तै, अन्य निजी डिजेल कार, जिपहरुका लागि २५ सय, ठूलो ट्याक्टरका लागि १५ सय, साना ट्याक्टरका लागि ५ सय, पर्यटन ठूला बसका लागि ६ हजार, पर्यटन साना सवारीका लागि २५ सय र खुद्रा माल ढुवानी गाडीका लागि २ हजार रुपैयाँ बराबरको डिजेल उपलब्ध गराइने जिल्ला आपूर्ती समिति कास्कीले जनाएको छ ।
