
पोखरा, २ माघ-
युनाइटेड क्वलको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी छैठौं संस्करणको पोखरा महोत्सवमा शनिबार पनि विभिन्न कार्यक्रम हुँदैछन् ।
महोत्सवमा आजपनि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु हुने प्रचार प्रसार संयोजक लालकाजी गुरुङले जानकारी दिए ।
आज लोक दोहोरीतर्फ हेमन्त शर्मा, जीवन दाहाल, प्रकाश सपुत, घनश्याम रिजाल, टेक क्षेत्री, सविना गुरुङ, लक्ष्मी बानिया लगायतको प्रस्तुती रहनेछभने पप कन्सर्टतर्फ रोबिन एण्ड न्यु रेभुलुसनको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
हिजो दोश्रो दिनसम्म २५ हजार दर्शकले अवलोकन गरेका छन् भने ७० लाखको कारोवार भएको छ । युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ स्थापना कालदेखि पोखरा शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका साथै पोखरामा चिडियाखाना निर्माणका लागि पहलकदमी गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
पुस १० गते सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवशायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, व्यवसायिक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण लगायत आकर्षण रहेका छन् ।
