
औगादुगु, २ माघ-
बुर्किनाफासोमा अल कायदाका लडाकूहरुले शनिबार बिहानैदेखि एक होटललाई घेरामा हाली त्यहाँ रहेका व्यक्तिको हत्या प्रयास गरेका छन् ।
यस आक्रणमा परी कम्तीमा पनि २० जनाको ज्यान गइसकेको समाचारमा जनाइएको छ । त्यसमा परी अरु ३३ जना घाइते भएका छन् ।
घाइतेमध्ये अधिकांशलाई गोली लागेको जनाइएको छ । सेना र प्रहरीले गरेको कैयौँ घन्टाको प्रयासपछि होटलभित्र रहेका ६३ जनालाई मुक्त गराएको छ ।
ती सबैलाई अल कायदाका लडाकूहरुले कब्जामा लिएर आक्रमण थालेका थिए । तर तत्कालै त्यहाँ पुगेको सेनाको प्रयासका कारण धेरैको ज्यान जोगिएको बताइएको छ ।
बुर्किनाफासोको राजधानीमा रहेको स्पेन्डिड् होटललाई अल कायदाका लडाकूहरुले कब्जामा लिएर हमला थालेका थिए । त्यसमा परी २० जनाको ज्यान गएको छ ।
सो होटलमा संयुक्त राष्ट्रसंघका कर्मचारी रहेको अनुमानको आधारमा यस्तो हमला भएको प्रहरीले अनुमान गरेको छ ।
बुर्किनाफासोका गृहमन्त्री सिमोन कम्पेररले त्यहाँ अहिलेसम्ममा २० जनाको शव भेटिएको र अझै मारिनेको सङ्ख्या धेरै पनि पुग्नसक्ने अनुमान गरिएको बताए ।
होटलमा १४७ वटा कोठा रहेका छन् । तर ती कोठामा कतिजना पाहुना थिए र के कतिजना आक्रमणकारी रहेका छन् भन्ने बारेमा पनि केही भन्न नसकिएको पनि उनले बताए ।
