
काठमाडौँ, २ माघ-
भूकम्पबाट भत्किएका संरचनाको पुनः निर्माण तथा नवनिर्माणको महाअभियान आजदेखि सुरु भएको छ ।
सरकारले वैशाख १२ को ‘गोरखा भूकम्पबाट भत्किएका संरचनाको पुनः निर्माण तथा नवनिर्माणको महाअभियान
भूकम्प गएको नौ महिनापछि सुरु गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्माण तथा नवनिर्माणको रानीपोखरीको पुनःनिर्माण शिलान्यास गरेर तथा बेलुन उडाएर आरम्भ गरिन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले बुङ्मतीमा पुनःनिर्माण महाअभियान सुरु गरे ।
सरकारले १९ औंँ भूकम्प सुरक्षा दिवस २०७२ को अवसर तथा विसं १९९० माघ २ गते गएको महाभूकम्पको दिन पारेर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माण महाअभियान सुरु गरेको हो ।
कमेन्ट गर्नुहोस्
