विग आइकनमा आज १५ जना उत्कृष्ट छनौट हुदै

Share:

पोखरा ३ माघ ।
छैटौ चरणको बिग आइकन अन्तरगत उत्कृष्ट १५ प्रतिस्पर्धी छनौटका लागि आज न्युरोडमा रहेको स्काई टच रेष्टुरेण्ट एण्ड लाउन्ज बारमा जारी छ । यस अघि आठौं चरणबाट आएका २० जना बीच आजको अडिसनमा प्रतिस्पर्धा भइरहेको हो । आजको अडिसनबाट ५ जना बाहिरिने छन् ।

बिग आइकनको यो सिजनमा गायक कर्ण दास, बिनोद बानिया, विवेक श्रेष्ठ, श्यामशुङ्ग तामाङ्ग र संगीतकार शुनिल थापा रहेका छन् । निर्णायकहरुले यो पटकको गायन प्रतिस्पर्धा निकै उत्कृष्ट र पेचिलो बन्दै गएको बताएका छन् ।

छैटौ संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर तथा बेलायतको सांगितिक यात्रा पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

छैटौ संस्करणको बिग आइकनमा हालसम्म टाइटल स्पोन्सरको रुपमा सामसुङ्ग मोबाइल, सबटाइटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्टस्, प्रोमोटेड बाई टाइटलमा द ब्रिटिस कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, सब–स्पोन्सरमा पिपल डाली मसाला, पोखरा सिने प्लेक्स र मिलिजुली डेकोरेशन रहेका छन् ।

त्यस्तै सर्पोर्टेड बाई टाइटलमा एब्स्ट्रायाक्ट एजुकेशन नेटवर्क, पार्वड बाई टाइटलमा जिङ्ग अल्ट्रा प्रीमियम भोड्का, टेलिभिजन मिडिया पार्टनरमा एभिन्युज टेलिभिजन र कान्तिपुर साप्ताहिक, समाधान दैनिक, अन लाइन पार्टनरमा जक्शन डटकम, म्यागाजिन पार्टनरमा यस म्यागाजिन, आईटी पार्टनरमा कम्यूनिकेट मिडिया, होटल पार्टनरमा होटल बाराही, भेन्यु तथा रेष्टुरेण्ट पार्टनरमा स्काई टच रेष्टुरेण्ट, बैंकिङ् पार्टनरमा गरिमा विकास बैक, एड्भरटाईजिङ पार्टनरमा परिचय एड्भरटाईजिङ र ट्राभल पार्टनरमा जिरो प्वाइन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: