पोखरा नगर सभापतिमा कार्कीको उम्मेद्वारी घोषणा

Share:

पोखरा ६, माघ-
नेपाली कांग्रेसको पोखरा उपमहानगरपालिका कार्यसमितिको सभापतिका लागि बिमलबहादुर कार्कीले आफ्नो उमेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको आसन्न अधिवेसनको मिती नजिकिदै गर्दा कार्कीले बुधवार आफ्ना शुभचिन्तक, कार्यकर्ता तथा संञ्चारकर्मिहरुमाझ आफ्नो उमेदवारी घोषणा गरेका हुन् । कांग्रेसको गाउँ, वडा तथा नगरपालिकाको अधिवेशन आउन नौ दिन बाँकी रहँदा अ‍ैोपचारीक रुपमा उमेदवारी घोषणा गर्ने कार्की नै पहिलो बनेका छन् ।
उम्मेद्वारी घोषणासँगै उनले पोखरा नगर कार्यसमितिलाई कस्तो बनाउने भन्नेवारे भावी रणनिती पनि सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको घोषणापत्रमा पोखरा नगर सभापति आफुलाई बनाईए नगरका हरेक कांग्रेसी सदस्यहरुलाई सामाजिक विकासमा अभिप्रेरीत गराउने लक्ष्य लिईएको छ ।
“पोखराभित्रका सबै कांगे्रस सदस्यहरु अब सामाजिक बिकासका लागि तयार रहनुपर्छ जुन आवश्यकता पनि हो ।”, उमेदवारी घोषणा गर्दै कार्कीले भने ।
आफु कुनै पनि गुट उपगुटका पछि लागेर उमेदवारी घोषणा नगरेको भन्दै आम कांग्रेस कार्यकर्ताको विश्वासले आफुलाई नेपाली कांग्रेस पोखरा कार्यसमिति सभापति बनाउने दावी पनि कार्कीले गरे ।

कमेन्ट गर्नुहोस्
Share: