
पोखरा, ६ माघ-
सरकारले कृष्ण प्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघका संस्थापक शभापति स्वर्गिय भट्टराईको नाम हटाएपछि नेपाल प्रेस युनियनले देशभर विरोध कार्यक्रम गरेको छ । यसअघिको शुसील कोईराला नेतृत्वको सरकारले पत्रकारहरुको क्षमता अभिवृद्धि तथा दक्षता बिकासका लागि भन्दै प्रतिष्ठानको स्थापना गर्ने र सो प्रत्रिष्ठा संस्थापक शभापति भट्टराईको नामबाट राख्न गरेको निर्णय उल्टाउदै वर्तमान सरकारले निर्णय गरेपछि प्रेस युनियन विरोधमा उत्रीएको हो ।
निर्णयको विरोधस्वरुप प्रेस युनियन कास्की शाखाले बुधवार पोखरामा विरोध शभा गरेको छ । शभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व शभापति किशोर नेपालले बाम नेतृत्वको वर्तमान सरकारले राजनैति पूर्वाग्रह राखेर सबैका सम्मानित व्यक्ति भट्टराईलाई विवादमा ल्याउन खोजेको आरोप लगाए । उनले स्वर्गिय भट्टराई कुनैपनि विदेशी नियोगका प्रतिनिधीसंग अन्र्तवार्ता लिने पहिलो नेपाली पत्रकार भएको स्मरण गर्दै उनका बारेमा अपमानजनक निर्णय गरेर सरकारले समस्त नेपाली पत्रकारकै अपमान गरेको बताए । संस्थापक सभापतिका रुपमा पत्रकार महासंघले समेत स्वीकार गरेको भएपनि पछिल्लो समय पत्रकार महासंघ बामपन्धी विचार मान्नेहरुको नेतृत्वमा पुगेपछि भट्टराई अतश्तत्व मेटाउन खोजेको पनि आरोप लगाए । यसअघिका सुचना तथा सञ्चार मन्त्रालयस्तरीय निर्णयबाट भट्टराईका नाममा प्रतिष्ठान खोल्नका लागी भएको प्रयास सराहनिय रहेको भन्दै वर्तमान सरकारले उल्ट्याएको निर्णय तुरुन्त फिर्ता लिन नेपालले माग समेत गरे ।
शभालाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य ऋषिकान्त पौडेलले स्वर्गिय भट्टराईलाई नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले संस्थापक शभापतिका नाममा सरकारले गरेको विवादास्पद निर्णयको विरोध गर्न आग्रह गरे । पौडेलले आमसञ्चार प्रैतिष्ठा स्गर्विय भट्टराईकै नाममा स्थापना हुनुपर्ने जिकिर गर्दै सरकारको पछिल्लो निर्णय फिर्ता नभए प्रेस युनियन चरणबद्धरुपमा संभर्षमा उत्रीने चेतावनि दिए । पत्रकार महासंघ पछिल्लो सरकारी निर्णयका विरोधमा नउत्रीय प्रेस युनियन महासंघका विरुद्धसमेत संघर्ष गर्ने पनि पौडेललेको चेतावनि थियो । “कि आफ्नो संस्थापक शभापति होईन भन्न सक्नुप¥यो, महासंघको कार्यालयमा रहेको तस्वीर हटाउन सक्नुप¥यो होईन भने उनका नाममा भएको विवादास्पद निर्णयका विरुद्ध उत्रीयोस् ।” नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वलाई पौडेलको चुनौती थियो ।
नेपाल प्रेस युनियन कास्की शाखाका शभापति शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न शभाको सञ्चालन सचिव प्रकाशचन्द्र सापकोटाले गरेका थिए । सरकारको निर्णय फिर्ता गराउन दबाब दिने उदेश्यसहित युनियनले विभिन्न कार्यक्रम सर्वाजनिक गर्ने पनि सो अवसरका जानकारी गराईएको थियो ।
