
पोखरा, ८ माघ-
पोखरामा चलिरहेको १४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज विभागीय टीम नेपाल पुलिस क्लव र झापा ११ बीच खेल हुँदैछ ।
निकै बलियो मानिएको विभागीय टीम पुलिस र मोफसलको बलियो टिम झापा ११ बीचको खेल निकै रोचक हुने अपेक्षा गरिएको छ ।
यसअघि हिजो भएको खेलमा जावलाखेल युथ क्लवलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आर्मीले जावलाखेललाई २–० ले पराजित गरेको थियो ।
आजको खेल दिउँसो २ बजेपछि पोखरा रंगशालामा सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्
