पाकिस्तानमा देशभरिका विद्यालयमा आक्रमण गर्ने तालिवानको धम्की

Share:

इस्लामावाद, ८ माघ-
पाकिस्तानी तालिवानको एक समूहले शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा उनीहरुले पाकिस्तानका थप विद्यालयहरुमा पनि आक्रमण गर्ने धम्की दिएका छन् ।

उनीहरुले हालैमात्र पेसावरको एक विश्वविद्यालयमा हमला गरी २१ जनाको ज्यान लिएका थिए । त्यसमा अधिकांश विद्यार्थी परेका थिए ।

सो हमलाको दुई दिनपछि उनीहरुले शुक्रबार सार्वजनिक गरेको एक भिडियोमा सो धम्की दिएका जनाइएको छ ।

पाकिस्तानी तालिवानको एक समूह तेहरिक ए तालिवान ९टीटीपी० ले हालै विश्वविद्यालयमा गरिएको सो आक्रमणको जिम्मेवारी लिएको थियो ।

सोही समूहले शुक्रबार जारी गरेको एक भिडियोमा पाकिस्तानका थप विद्यालय एवम् विश्वविद्यालयमा हमला गर्ने चेतावानी दिएको हो ।

पेसावरको चारसद्दा जिल्लामा रहेको बचाखान विश्वविद्यालयमा भएको सो हमलाको जिम्मेवारी लिँदै उक्त अतिवादी समूहले अल्लाहको कानुनलाई चुनौती दिने विद्यालयमा हमला गर्ने जनाएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: