
माघ ९-
बंगलादेशमा आयोजित बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेर नेपाली राष्ट्रिय टोली आज नेपाल फर्किएको छ ।
करिब २३ बर्ष लामो खडेरी तोड्दै अन्तराष्ट्रिय फुटबलमा उपाधि जितेको नेपाली टोलीलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय झन्डा बोकेर अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, पूर्वखेलाडीहरु, खेलाडीका आफन्त, शुभचिन्तक सर्वसाधारण पुगेका छन् ।
खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा गराईंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खेलाडीहरुसँग भेट गरी बधाइ दिँदैछन् ।
हिजो भएको बंगबन्धु गोल्डकपको फाइनलमा नेपालले बहराइनलाई ३–० ले हराएर उपाधि जितेको हो ।
कमेन्ट गर्नुहोस्
