बजारमा आउन थाले भरी सिलिण्डर

Share:

११ माघ-
सरकारले अझै केही समय आधा भरिएका ग्याँस सिलिण्डर नै बजारमा ल्याउन भनिरहेका बेला केही व्यवसायीले भने भरी सिलिण्डर बजारमा पठाउन थालेका छन् ।
ग्याँसको आपूर्ती केही सहज भएको र आधा सिलिण्डर बजारमा ल्याउँदा ढुवानी लागत डबल भएको भन्दै व्यवसायीले भरी सिलिण्डर बिक्री गर्न थालेका हुन् । तर सरकारले भने अझैपनि भरी सिलिण्डर बिक्री गर्ने अनुमति दिईसकेको छैन ।
भारतीय अघोषित नाकाबन्दीपछि ग्याँस आयात ठप्प भएपछि सरकारले नै निर्णय गरेर आधा अर्थात्, ७.१ केजी ग्याँस तौल भरिएका सिलिण्डर बजारमा ल्याउने निर्णय गरेको थियो । सोही अनुसार अहिलेपनि आधा भरिएका सिलिण्डर नै वितरण हुँदै आएको छ । तर केही व्यवसायीले भने भरि सिलिण्डर बजारमा पठाउन थालेका हुन् ।
नेपाल ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले केही व्यवसायीले आजदेखि भरी सिलिण्डर बजारमा पठाउन थालेको बताए । तर सरकारको निर्णय विना उद्योगी व्यवसायीले आफूखुशि गर्न भने पाईंदैन ।

कमेन्ट गर्नुहोस्
Share: