
लेखनाथ १४, कास्की-
“महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि” भन्ने मुल नाराका साथ २०७२ फागुन ५ गते देखी १६ गतेसम्म लेखनाथ १ भण्डारढिक प्रस्तावित रंङगशालामा संचालन हुने वाहै लेखनाथ महोत्सवमा विद्यालय स्तरिय वाल प्रतिभा प्रदर्शन कार्यक्रम संचालन हुने भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं वाल प्रतिभा प्रष्फुटन कार्यक्रमका कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक ऋषीराम जमरकट्टेलको अध्यक्षतामा भएको वैठकमा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ महोत्सव सम्वन्धी आजका मिति सम्म भए गरेका गतिविधीहरु वैठक समक्ष जानकारी गराउदै लेखनाथ महोत्सवको १२ औं सस्करण लाई पनि भव्य सव्यवनाउनका लागि आ आफ्नो क्षेत्रवाट सहयोग गर्नका लागि आग्रह गर्नुभएको थियो ।
समितिका सहसंयोजक जीवन तिवारी, सदस्य सचिव अमृत थापा, सदस्य अर्जुन ओझा, प्रमुख सल्लाहकार पदमराज ढकाल, सल्लाहकार शिवमणी भण्डारी, ज्ञानेन्द्रमोहन भट्टराई, पे्रमप्रसाद शर्मा सुवेदी, याम वहादुर रोका, देवमणी भण्डारी, हरी प्रसाद लामिछाने, नविन प्रसाद वास्तोला, मित्रलाल सापकोटा, विजयवावु भण्डारी, कमल रानाभाट लगायतका वक्ताहरुले लेखनाथ महोत्सवको विशेष आकर्षणको रुपमा रहेको वाल प्रतिभा प्रदर्शनलाई सक्दो सहयोग गरि भव्य रुपमा सफल पार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रमले वाल वालिकामा लुकेको प्रतिभालाई प्रष्फुटन गर्न सफल हुने अपेक्षा राखिएको छ ।
