
पोखरा, माघ १७, माधब पनेरु ,
पोखराको न्युरोडमा रहेको कान्तिपुर ईन्ष्टीच्युट अफ हेल्थ साईन्स तथा कान्तिपुर डेन्टल हस्पीटलले आफ्नो स्थापना दिबसको अबसर पारेर मुख तथा स्वास्थ्य संबन्धी प्रर्दशनी आयोजना गरेको छ ।
कान्तिपुर हस्पीटलको १६ औ तथा हेल्थ साईन्सको ११ बर्ष पुरा भएको अबसरमा यहि माघ १९ गते प्रर्दशनीको आयोजना गरिएको आईतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
जनचेतनाको अभावमा तथा गलत बुझाईका कारण मुख तथा दन्त उपचारलाई महगंो उपचारको रुपमा लिईने गरिएकोले सबैलाई यो सेवाको बारेमा जानकारी दिने उद्धेश्यले यस्तो प्रर्दशनीको आयोजना गरिएको प्रबन्धक सिता श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिईन । दन्त सेवालाई सर्बसुलभ बनाउन निम्न बर्गिय जनतामा यसको पहुँच पुर्याउनु पर्ने आबस्यकता रहेको उनकोे भनाई थियो । तिन दिनसम्म चल्ने प्रर्दशनीमा पश्चिमाञ्चलका सरकारी तथा गैरसरकारी, बैक अन्य सस्था तथा सम्पुर्ण शुभ चिन्तकहरुको अबलोकन रहने बताईएको छ ।
अस्पतालले जेष्ठ नागरीक तथा अति बिपन्न जनताको लागि बिषेश छुटको ब्यबस्था गरेको अस्पतालले जनाएको छ । उक्त कलेजमा उत्पादन भएका बिद्यार्थिहरुले पोखरा वा बिभिन्न ठाउमा कार्य गरिरहेको अस्पतालले जानकारी दिएको छ । अहिले सम्म कुल १४३ जना हाईजेनिष्टहरु उत्पादन भैसकेका छन ।
