
पोखरा १९ माघ-
कास्कीको दाङसिङ स्थिती बिरेठाँटी मा वि मा खेलमैदान तथा प्याराफिट निर्माणका लागी हङकङ निवासी हेमान गुरुङ ले आर्थिक सहयोग गरेका छन् ।
दाङसिङ ५ स्थाइ घर भइ हङकङ बस्दै आएका गुरुङले विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय गुरुङ, विद्यालयका प्र अ विष्णुहरी तिमिल्सीना तथा कास्की जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एवं प्याराफिट निर्माण समितिका अध्यक्ष खगेन्द्र गौचनलाई संयुक्त रुपमा रु तिन लाख पैचालीस हजार आठ सय सत्ताइस नगद हस्तान्तरण गरेका हुन् ।
उनले सो रकम आफु र हङकङ निवासी साथीभाई तथा इष्टमित्र हरुमार्फत संकलन गरेका थिए ।
स्थानिय आमा समुह, प्रहरी चौकी, अभिभावक तथा विद्यालय परिवारको उपस्थितीमा भएको सो कार्यक्रममा वोल्दै सहयोग दाता हेमान गुरुङले विद्यालयको खेलमैदान तथा प्याराफिट निर्माणमा सहयोग गर्न पाएकोमा गौरवान्वीत भएको भन्दै खेलमैदान तथा प्याराफिट निर्माण कार्य सफल गर्न सवैलाइ आग्रह गरे ।
प्याराफिट निर्माण समितिका अध्यक्ष खगेन्द्र गौचनले आफनो नेतृत्वमा विद्यालयलाई विभिन्न देशमा रहेका शिक्षा सेवीहरुवाट सहयोग जुटिरहेको तथा छिटै नै निर्माण कार्य सम्पन्न हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अतिथीहरुलाई स्वागत गर्दै विद्यालय प्र अ विष्णुहरी तिमिल्सीनाले खेल मैदान तथा प्याराफिट निर्माणको लागी लागत इष्टमेट सत्रलाख रहेको तथा सवै शिक्षा तथा खेलकुद प्रेमीहरुको सहयोगमा उक्त निर्माण कार्य सम्पन्न हुने जानकारी गराए ।
