मन्त्रिपरिषदको बैठक बस्दै

Share:

काठमाण्डौं,२० माघ ।
सरकारले भूकम्प पछिको पुनःनिर्माण र नागरिक सहायता कार्यक्रमका विषयमा छलफल गर्दैछ । बुधवार बस्ने मन्त्रिपरिषद बैठकमा त्यसमा छलफल हुनेछ ।
बैठकमा उर्जा संकटकालका विषयमा पनि छलफल गर्ने कार्यसूची रहेको छ । त्यसको तयारी भइसकेकाले घोषणासमेत हुन सक्ने एक मन्त्रीले जानकारी दिए । त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा, सीमा नाकामा देखिएको अवरोध लगायतका विषयमा पनि छलफल हुनेछ ।
अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनको तयारी लगायतका विषय छलफलको एजेण्डामा राखिएको छ । बैठक विहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको पे्रस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: