सृजनाचोकमा खुल्यो गोरखा कालिका स्टोर्स

Share:

पोखरा, २२ माघ-
पोखराको व्यस्त बजार सृजनाचोकमा गोरखा कालिका स्टोर्स सञ्चालनमा आएको छ । युवा व्यवसायी भरत भट्टले करिब दुई करोडको लागतमा डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएका हुन् ।

स्टोर्सको औपचारिक उद्घाटन यहि माघ २५ गते हुने भट्टले जानकारी दिए । उद्घाटनको अवसरमा स्टोर्सले खाद्यान्न सामग्रीको खरिदमा विशेष छुटको व्यवस्था गरेको उनले बताए । गोरखा स्थायी घर भएका युवा व्यवसायी भट्ट हाल पोखरा–५, पस्र्याङमा रहदै आएका छन् । उनी यसअघि रेष्टुराँ व्यवसायमा आवद्ध थिए ।

कमेन्ट गर्नुहोस्
Share: