लमजुङको फेदिकुनामा खुल्ला तामाङ सेला नृत्य प्रतियोगिताको आयोजना गरियो ।

Share:

श्यामशीत्तल÷लमजुङ, माघ २५
कला, धर्म र संस्कृतिमा धनी जिल्लाको रुपमा चिनिन्छ, लमजुङ । त्यही जिल्लाको सुन्दरवजार नगरपालिका ४ फेदिकुनामा रहेको कर्मा साम्पालिङ वौद्ध गुम्वामा आईतवार खुला तामाङ सेलो नृत्य प्रतियोगिताको आयोजना गरियो ।

‘‘हाम्रो भाषा, संस्कृति, हाम्रो पहिचान” भन्ने नाराका वीच आयोजित खुल्ला नृत्य प्रतियोगितामा तामाङ समुदायका साथै गैर तामाङ समुदायको पनि सहभागिता थियो । तामाङ जातिको परम्परागत भेषभुषामा सजिएर उनीहरु कार्यक्रममा आएका थिए ।

जिल्लाभरका गरी १२ नृत्य समूहको सहभागिता रहेको प्रतियोगितामा भुपु सैनिक आवासीय उमावि भोटेओडारका विद्यार्थीको समूह प्रथम, जोक्थेन निङ्मा पैह्रेको समूह द्धितीय, नेपाल तामाङ घेदुङ सांस्कृतिक समूह ‘‘क” तृतीया र नेपाल तामाङ घेदुङ सांस्कृतिक समूह ‘‘ख” सान्त्वना भए । फागुन ३ गते एक समारोहका वीत विजेता नृत्य समूहहरुलाई पुरस्कार वितरण गरिने जनाईएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः नगद १० हजार , ७ हजार, ४ हजार, र १÷१ हजार प्राप्त गर्ने छन ।

नृत्य प्रतियोगिताको निर्णायक भुमिकामा नृत्य संयोजक दुर्गामान तामाङका साथमा रीना तामाङ, किसान तामाङ रहेका थिए । २८५२ प्रे ल्होको अवसरमा आयोजित कार्यक्रममा कर्मा साम्पालिङ वौद्ध गुम्वाका अध्यक्ष धन वहादुर तामाङको अध्यक्षता रहेको थियो भने नेपाल तामाङ घेदुङ पश्चिमान्चलका प्रमुख ईमानसिंह तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि तामाङले सवै वर्ग समुदायलाई समेटिने गरी खुल्ला नृत्य प्रतियोगिता आयोजना गरिएकोमा खुशी जनाए । तामाङ सुमदायले भोली अर्थात माघ २६ गते सोनाम ल्होछार मनाउँदै छन । कार्यक्रमका अवसरमा वोल्दै भाषा, धर्म, संस्कृति संरक्षणका लागि खुला नृत्य प्रतियोगिता संचालन गरिनु सराहनीय काम रहेको भन्दै खुशी जनाए ।

कमेन्ट गर्नुहोस्
Share: