देशभरका कांग्रेस कार्यालयहरु एकहप्ता बन्द, झन्डा आधा झुकाइने

Share:

काठमाडौं, माघ २६-
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले फागुन १ गतेसम्म महाधिवेशनका सम्पूर्ण प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले देशभरका पार्टी कार्यालय र भ्रातृ संगठनका कार्यालय एक हप्ताका लागि बन्द गर्ने र पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ । १३ औं दिनको पुण्यतिथिमा देशभर श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय पनि गरेको पार्टी महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
बैठकले कांग्रेसको जिल्ला अधिवेशनको प्रक्रिया फागुन १ गतेपछि निर्वाचन समितिको सुझावअनुसार गर्ने निर्णय गरेको महामन्त्री सिंहले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: