
काठमाडौं, २७ माघ-
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाको आज अन्त्येष्टी गरिँदैछ ।
कोइरालाको शव अन्तिम श्रद्धान्जलीपछि अहिले पशुपति आर्यघाटतर्फ लगिँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको शवलाई अहिले हजारौंको संख्यामा उपस्थित सर्वसाधारण तथा कार्यकर्तासहित शवयात्रासहित पशुपति आर्यघाट लगिँदैछ । रंगशालाबाट त्रिपुरेश्वर, कमलपोखरी, मैतीदेवी, गौशाला हुँदै पशुपति आर्यघाट पुर्याएर आजै साँझ दाहसंस्कार गरिनेछ ।
हिजो दिउँसोदेखि रंगशालामा राखिएको कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन जानेहरुका लागि आज २ बजेसम्मको समय तय गरिएको थियो ।
कमेन्ट गर्नुहोस्
