
लेखनाथ, २७ माघ-
लेखनाथ महोत्सवको १२ औं संस्करणमा कवि शिरोमणि लेखनाथ पौड्यालको सम्मानमा राष्ट्रिय कविता प्रतियोगिता हुने भएको छ ।
कविको जन्मस्थल लेखनाथमा आयोजना गर्न लागिएको महोत्सवमा कवि पौडेलको सम्मानमा राष्ट्रव्यापी कविता प्रतियोगिताको आयोजना गरिएको संघका कार्यसमिति सदस्य एवं कविता प्रतियोगिता उपसमितिका संयोजक इञ्जिनियर वसन्त मोहन भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा देशभरबाट प्राप्त भएका २० वटा कविता छनौट गरी फागुन १ गते संघको सभाहलमा वाचन गरिने उपसमितिका सहसंयोजक एवं लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितिय हुनेलाई ७ हजार र तृतिय हुनेलाई ५ हजार र सान्तवना हुनेलाई २ हजार रुपैया पुरस्कार दिईने जनाइएको छ । पुरस्कृत कविहरुको कविता महोत्सवमा वाचन गर्न समय दिईने सह-संयोजक ढकालले जानकारी दिए ।
