
रञ्जन, रेम / पोखरा, २७ माघ । योरुना पुन (नेहा) को हत्या रहस्यमय बनाईएको भन्दै मृतकका आफन्तले प्रहरीको रिपोर्ट अस्विकार गरेका छन् । यरुना हत्याको अभियोगमा सतिश भनिने कृतन खड्गीलाई कास्की प्रहरीले पक्राउ गरेर सोमबार सार्वजनिक गरेपनि मृतकका आफन्तले ‘प्रहरीले दिएको रिपोर्ट पुर्ण नभएको’ ठहर गर्दै त्यसको विरुद्धमा बुधबार पत्रकार सम्मेलन नै गरे । उनीहरुले शवको थप वैज्ञानिक ढंगबाट अनुसन्धान तथा पोष्टमार्टम गरी सार्वजनिक गर्न माग गरेका छन् ।
उनीहरुले यरुनाको ‘सामुहिक बलात्कार पछि नै हत्या भएको’ दाबी गरेका छन् । बुधबार मृतक यरुनाले नै काम गर्दै आएको न्यूरोडस्थित ‘स्माईल क्याफे’मा पत्रकार सम्मेलनको आयोजना गर्दै पुन समाज नेपाल, नगर समिति पोखराले अनुसन्धानको क्रममा प्रहरीले प्रमाण लुकाउने काम गरिराखेको आरोप समेत लगाएको छ ।
‘यो घटना भएपछि लाश उठाउने क्रममा प्रत्यक्षदर्शीले देखेको अवस्था अनुसार नेहालाई बलात्कार पछि हत्या गरेको छनक देखिन्छ ।’ पुन समाज कास्कीका अध्यक्ष क्या. बलबहादुर पुनले भने–‘अझै मृतक नेहाको लाशको प्रकृति हेर्दा यो प्रहरीले भनेजस्तो रिसको झोँकमा गरेको हत्या नभई नियतवश गरिएको हत्या जस्तो देखिन्छ ।’
यरुनालाई कृतन एक्लै नभएर सामुहिक रुपमा बलात्कार गरेर हत्या गरेको आफन्तहरु बताउँछन् । मामा यमप्रसाद थजाली पुन, पुन समाजका केन्द्रिय सदस्य लालबहादुर अर्मजा पुन, केन्द्रिय वरिष्ठ उपाध्यक्ष खिमन पुन लगायतले पनि नेहाको हत्या आवेशमा आएर नभई नियतवश भएको कुरालाई दोहो¥याए ।
यरुनाका आफन्तले ‘बलात्कार पछि नियतवश हत्या भएको’ भनेर भन्न मिल्ने खालका केहि कारणहरु पनि दिएका छन् । सातवटा बुँदामा दिइएको कारणहरु मध्ये पहिलो बुँदामा ‘सतिशले घटनास्थलमा पुगेर मात्रै नेहालाई किन लेकसाईड जाने प्रस्ताव ग¥यो ?’ भनेर प्रश्न उठाईएको छ । उनीहरुले भनेका छन्–‘घटना अन्तै घटेको हो । र,लाशलाई त्यहाँ लगेर फालिएको हो ।’
यस्तै, घटना लाश भएकै ठाऊँमा घटेको भए आसपासका छिमेकीले त्यति हुँदा सम्म पनि चाल नपाउनु, नेहाको लाशलाई कालो कपडाले छोपिनु, सतिशलाई पक्राऊ गरेको पाँच दिनपछि मात्रै सार्वजनिक गरिनु, मृतक नेहाको लाश ब्रा र पाईन्ट खोलिएको अवस्थामा नग्न फेला पर्नुले प्रहरीको अनुसन्धान प्रति शंका गर्ने ठाऊँ दिएको पुन समाज नेपाल पोखराले जनाएको छ । र, यहि बुँदाहरुलाई आधार बनाउँदै समाजले नेहाको हत्या बलात्कार पछि भएको र त्यो एक जनाले नभई समुहले गरेको दाबी गरेको हो । संलग्नहरुलाई आजीवन कारावासको माग गरिएको छ ।
यद्यपी, प्रहरीले सतिशलाई सार्वजनिक गर्ने क्रममै अनुसन्धान अझै बाँकी नै रहेको बताईसकेको छ । यरुनाको हत्या यौनावेगमा आएर कृतनले गरेको प्रहरीले बताएको थियो । यौनसम्पर्कको प्रस्ताव राख्दा यरुनाले कृतनमाथि गालिगलौज गरेपछि रिसको झोँकमा आएर हेलमेट प्रहार गर्दा ‘ब्लड फोर्स ईन्जुरी’का कारणले मृत्यु भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको थियो । हेलमेट प्रहारपछि ढलेकी यरुनालाई यौनसम्पर्क गर्न कपडा खोलेको तर नाक र कानबाट रगत बगेको देखेपछि यत्तिकै छाडेर भागेको बताएको थियो ।
पत्रकार सम्मेलनमा कास्की प्रहरी प्रमुख एसपी हरिबहादुर पाल र अनसन्धान टोलीको नेतृत्व गरेका प्रवक्ता डिएसपी गजुसिद्धि बज्राचार्यले शव ओढाईको कालो कपडा नेहाकै सल भएको र पोष्टमार्टमको थप रिपोर्ट काठमाडौं पठाएको बताएका थिए । प्रहरीले नै पूर्ण रुपमा अनुसन्धान नसकिएको बताएकाले पनि यसैको आधारमा आफन्तहरुले प्रहरीको भनाई नमान्ने निश्कर्षमा पुगेका हुन् । प्रहरी अनुसन्धानबाट सन्तुष्ट हुन नसकेका नेहाका आफन्त र पुन समाजले भने घटनाको सत्य तथ्य कुरा सार्वजनिक गर्नका लागि प्रहरीलाई नै दबाब दिन पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी दियो । सत्य तथ्य छानविनका लागि दबाब दिनकै लागि समाजको अगुवाईमा विहिबार दबाब ¥याली समेत हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
यस्तै, मोरङ घर भएकी सरस्वती लिम्बुको माघ १६ गते राति हत्या भएकोमा अझै उनको हत्यारा पक्राउ पर्न सकेको छैन । माघ १९ मा योरुनाको हत्यापछि मंगलबार मात्रै लेखनाथमा विदेशी महिलाको शव भेटियो । फेरि, बुधबार बाझाँपाटन नहरमा अर्की महिला मृत भेटिईन् ।
यसैबीच,
पोखरा नयाँगाउँमा माघ १८ गते राति हत्या गरिएकी योरुना पुन (नेहा) प्रकरण सत्यतथ्य छानविनका लागि विहीबार दबाब ¥याली निकालिने भएको छ । मध्यान्ह १२ बजे चिप्लेढुंगा मानवअधिकारचोकदेखि सुरु हुने ¥याली जिल्ला प्रहरी कार्यालय, पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, सृजनाचोक, राष्ट्रबैंक चोक हुँदै जिल्ला प्रशासन कार्यालय कास्की पुगेर कोणसभामा परिणत हुने पुन समाज पोखराले जनाएको छ । न्यायको पक्षमा सञ्चार जगत, अधिकारकर्मी, सर्वसाधारणलाई ऐक्यवद्धता जाहेर गरिदिन समेत उनीहरुले अनुरोध गरेका छन् ।
