सुनको भाउ शुक्रबार एक हजार रुपैयाँ बढ्यो

Share:

माघ २९ गते-
पछिल्ला चार दिनमा सुनको मूल्य २५ सय रुपैयाँले बढेको छ । हिजोको तुलनामा आजमात्रै सुन १ हजार रुपैयाँले महंगिएको छ ।
हिजो तोलामा ५४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलाको ५५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार सुनको भाउ एकै दिन एक हजार रुपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको भाउ पनि १५ रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँमा किनबेच भैरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: