
१ फागुन-
आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विपतका समयमा रेडियोको भूमिका भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो ।
स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
विसं. २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा नेपालमा रेडियो सुरु भएको थियो ।
नेपालमा अहिले सबैभन्दा बढी प्रभावकारी सञ्चारमाध्यमका रुपमा रेडियो रहेको छ । अहिले नेपालमा ५ सयभन्दा बढी एफएम रेडियोहरु सञ्चालित छन् ।
