सरस्वती पूजाको अवसर पारेर पोखराको नयाँबजारमा संगीत उत्सव

Share:

पोखरा, १ फागुन-
श्रीपञ्चमी तथा सरस्वती पुजनको अवसरमा गुरुकुल संगीत प्रशिक्षण केन्द्रले आज शनिबार पोखराको नयाँबजारमा विविध सांगीतिक कार्यक्रम गर्दैछ ।
सरस्वती माताको पूजा आराधाना गरी विविध संगीतमय वातावरणका साथमा सम्पन्न हुने कार्यक्रममा स्थानीय कलाकारद्धारा शास्त्रीय संगीत तथा भजनहरु, सुगम संगीत, ब्याण्डको प्रस्तुती, द रिबेल ब्याण्ड, निनाद ब्याण्डको प्रस्तुती रहने गुरुकुल प्रशिक्षण केन्द्रका निर्देशक तिर्थराज पोख्रेल जानकारी दिए ।
कार्यक्रममा संगीतसँगै नृत्य समेत प्रस्तुत गरिने कार्यक्रम संयोजक माया गुरुङले जानकारी दिइन् । वसन्तपञ्चमी शिक्षा तथा कुनै पनि कार्य शुभारम्भ गर्नको लागि शुभदिन मानिने हुँदा गुरुकुलले हरेक वर्ष वसन्ती पञ्चमीको दिन संगीतमय कार्यक्रम गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: