
श्यामशीत्तल ,
सधैँभरी मेरो मनमा यसरी नै छाई देउ
तिमीलाई आज भन्छु आई लभ यु
तिमीले मलाई नदेखी नभेटीकन मलाई मन परायौ । आवाज सुनेकै भरमा । भन्थ्यौ आजभन्दा धेरै पहिले, ‘‘हजुरको आवाज सुने । मन पर्यो । त्यो आवाजमा ईमान्दारीता, विश्वास र प्रतिको चोखो माया पाएँ ।”
अनि सोँच्थे पनि, ‘‘यस्तो मान्छेसंग मन साँट्न पाए जीवन कस्तो हुँदो हो ? तर हजुर कस्तो वानी व्यवहारको हुनुहन्छ ? वा हजुरको जीवनमा कोही पहिले नै छ की ? यी सव कुराहरु भुलेर हजुरलाई नदेखेर नभेटेर पनि माया गर्न थाले ।”
हजुरलाई देख्छु, भेट्छु भन्ने कैल्यै साचिन । वास मन पराईरहे माया गरिरहे । आवाज सुनेकै भरमा हजुरलाई मन पराएँ । मनमा सजाएँ ।
हा,े तिमीले यसै भन्ने गर्दथ्यौ । साँच्चै तिमी मेरो जीवनमा उज्यालो दीप वनेर आएकी थियौ । भनिन्छ, ‘‘मान्छेको मन एकदमै काँतर हुन्छ रे जो कसैको न्यानो साथ माया विना रम्न सक्दैन रे ।” यो मेरो मनलाई वुझिदिने, सच्चा माया गरिदिने मान्छे भेट्टाउनु भनेको वालुवा चालेर सुन भेट्टाउनु सरह हुन्छ भन्ने पनि यो मनलाई थाहा थियो । यस्तै सोचाईँमा दुःखम सुखम मेरो जीवन अगाडि वढिरहेको थियो ।
आयौ तिमी मेरो जीवनमा, नजिक भए म आफैँ । तर खोल्न सकेनौ एकअर्कालाई माया गर्छौ भन्ने मनका कुरा । यद्यपी माया भैरह्यो, वास्ता भैरह्यो, सद्भाव र विश्वास रहिरह्यो एकअर्कामा ।
त्यसैले त होला । आजसम्म हाम्रो माया वाँचिरहेको । भौतिक रुपमा टाढा रहे पनि । टाढा रहेपनि तिमी म वाट टाढा छौ भन्ने कुराको आभाष कैल्यै हुन दिईनौ मलाई । त्यसो नहोस भन्ने कुरामा म पनि सजग भैरहे ।
भन्छ्यौ तिमी मलाई, ‘‘राजा साथीहरु भन्छन, तँ कत्ति लक्की छस् है ? तँलाई उस्ले कत्ति माया र केयर गर्छ । अनि टाढा रहेपनि तँ उसको कुरा कैल्यै नकार्दिनस् । म त तिमीहरुको माया देखेर दंग लाग्छ ।”
म तिमीले यस्तै कुरा सुनाईरहँदा खुवैको खुशी मिल्छ मलाई । आखिर मैले जिन्दगीको सुखखुशी वुझ्न थालेको तिमी मेरो जीवनमा आएदेखी न हो । थाहा छ मलाई, हामी एकअर्कावाट टाढा रहेपनि एकले भनेको कुरा अर्कोले सहजै स्वीकारेर । एक अर्कालाई वुझेर, विश्वास गरकै भरमा न हो, हाम्रो आजभन्दा भोली झनै प्रगाढ भएर गएको ।
अँ साँच्ची, आज प्रेम दिवस रे । जताततै यसको चर्चा छ । म पनि तिमीलाई माया गरेको मान्छे । विडम्वना भौतिक रुपमा तिमी वाट निकै दूर छु तर आत्मिक रुपमा निकै नजिक । माया गर्नलाई समिपमै हुनुपर्छ भन्ने पनि होईन । तर पनि यो मन सोच्छ । सदैव तिम्रो आँखा अगाडि नाँचिरहू । हराईरहुँ । म त तिमीलाई ओठले भन्दा आत्माले माया गर्ने मान्छे । तिमीलाई आज निकै माया गरी घरको आँगनी छेउमा फुलेको रातो गुलाव टिपी दिने ईच्छा थियो । तर त्यो सम्भव भएन । तिमीलाई प्रेम दिवसको धेरैधेरै शुधकामना । यसले, तिमी र म विचको माया र विश्वासको दुरी सदैव कायम गर्न सकोस । कामना छ । तिमीलाई टाढैवाट गुलावी माया मेरी हजुर ।
आज, एका विहानै फोन गर्यो मलाई अनि भन्यौ, ‘‘राजा, आजत प्रेम दिवस रे । साथीहरु आफ्नो प्रेमीसंग मन्दिर डाँडा घुम्न गएका छन । हजुर गाउँमा नहुँदा मलाई कस्तो न्यास्रो लाग्यो । म गईन राजा । कोठाको भित्तामा टाँसिएको हजुरकै तस्विर हेरेँ । त्यसैलाई चुमे । मेरो राजालाई कसैको आँखा नलागोस । खै, उम् टिका लगाको ।”
मलाई तिम्रो यी कुरा फोनमा सुन्दै गर्दा साह्रै मन अत्तालियो । मन पिरोलियो । र भने, ‘‘मेरी रानी, केही समयको कुरा त हो नी म तिमीलाई भेट्न छ्टिटै गाउँ आउँछु । माया, चोखो माया गर्न समिपमै हुनुपर्छ भन्ने छैन । टाढै रहेर पनि गर्न सकिन्छ । त्यो मैलै गरिरहेको छु । र तिम्ले पनि । विगतमा झैँ यसवर्षको प्रणय दिवसमा तिमीलाई आफ्नै हातले आँगनी छेउमा फुलेको गुलाव टिपी दिन सकिन । मलाई माफ गर्नु । आखिर टाढै वाट तिमीलाई गुलावी माया दिएको छु नी । छुईन र ?”
हो माया । हाम्रो माया, ओठमा भन्दा पनि आत्मामा रह्यो । तिमी मेरो जीवनमा आएदेखी कत्ति यस्ता दिनहरु आए,गए । तर कैल्यै ति दिनका हेक्का भएन हामीलाई । या भनौ यीनै दिन पर्खेर हातमा गुलाव लिएर भुर्इँमा घुँडा टेकेर तिम्रो सामु परी आई लभ यु सो मच भन्नु परेन । मैले भनिसकेँ । हाम्रो माया वोलीमा भन्दा आत्मामा थियो । त्यसैले माया चोखो छ अनि मिठो पनि ।
आज तिमी मेरो जीवनमा आएको यत्ति भैसकेको । तिमी आएदेखी नै मेरो जीवनले सार्थकता पायो । आज जुन ठाउँमा उभिएको छु । त्यसको श्रेय तिमीलाई दिने गर्छु । तर यसवारे तिमी भन्छौ, ‘‘नाईँ राजा, यो सव हजुरको कामप्रतिको मेहनत र लगन हो । मत एउटा सहारा मात्र हो ।”
म भन्छु, नाई यदि तिमी नभएको भए, तिम्रो न्यानो माया र साथ मलाई नमिलेको भए यो सव कहाँ हुन्थ्यो र ? तिम्रै मायाले सत्कर्मको वाटो हिँड्न सिकायो । त्यसैले त होला भनिएको, ‘‘मायामा ठुलो तागत हुन्छ ।”
हो, हामीले अझै धेरै गर्नुछ । चोखो माया छ । यसलाई मूर्तरुप दिन हामी दुवै आआफ्नो ठाउँवाट अगाडि वढ्नु आवश्यक छ । हातमा हात साथमा साथ लिएर अगाडि वढ्नु छ । चुनौतीहरु दुवै मिली चिर्नुछ ।
हामी विचमा यत्ति धेरै माया र विश्वासछ । सधैँ भरी यो माया मनको मझेरीमा वाँचिरहोस । तिम्रो हुने भाग्य मलाई छ या छैन । तर पनि माया तिमीलाई वाँचुन्जेलीलाई यो मनको चोखो माया तिमीलाई नै हो । कसम ।
तिमी भन्छौ, ‘‘भाग्य आफुले कोर्ने हो राजा, जुन मेरो भाग्य हजुरलाई ठानेको छु । हजुरको भएर जिउन पाएँ । त्यो अँगालोको न्याना साथ र चोखो मनको मिठो माया, पुग्छ राजा ।”
कैल्यै केही कुराको गुनासो पनि गरिनौ । चाहना पनि गरिनौ । वास तिमीलाई यो मेरो मनको चोखो माया भए पुग्छ र मलाई पनि । यही माया जुनी जुनी वाँचोस । दुवै मिली यसलाईे वचाऔँ । यहि हो मेरो भन्नु । आज तिमीसंग अल्लारे वनेर भनिदिन्छु । ‘‘आई लभ यु…………….
यसो भन्दै गर्दा नलजाउनु है मेरी माया ?
