
काठमाडौं, ५ फागुन-
१२ औँ सागमा भारतविरुद्धको खेलमा जीत हासिल गर्दै स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोलीलाई आज काठमाडौंमा भव्य स्वागतका बीच नगर परिक्रमा गराईने भएको छ ।
भारतबाट बसमा नेपाल आउन लागेको फुटबल टोलीलाई काठमाडौंमा भव्य स्वागतको तयारी गरिएको हो । फुटबल टोली आज गुवाहटीबाट झापाको भद्रपुरसम्म बसमा र भद्रपुरबाट विमानमार्फत् काठमाडौं आउँदैछ ।
अखिल नेपाल फुटबल संघ एन्फाको आव्हनमा खेलाडीलाई नगर परिक्रमा गराउने तयारी भएको हो ।
दिउँसो ४ बजेपछि नगर परिक्रमा र आज साँझ ५ बजे रंगशालामा विशेष कार्यक्रम गरी नेपाली टोलीलाई स्वागत गरिनेछ । सागको फाईनलमा भारतलाई २ १ ले पराजित गर्दै स्वर्णपदक जितेको थियो ।
कमेन्ट गर्नुहोस्
