लोक गायनकै क्षेत्रमै रमाउँछुः नव गायिका सन्ध्या परियार

Share:

– श्यामशीत्तल
लमजुङ, ६ फागुन-

हाँसेपनि न दुःखी हैन म
रुन मात्र सकेकी छैन म
धुन सुन्दा पन्चे वाजाको
मलाई झल्को आयो त्यो दिनको, हैन आजको …………..
पन्चे वाजाको मौलिक लोक धुनमा आधारित यस गीतमा सुमुधुर आवाज दिएकी हुन, नवगायिका सन्ध्या परियारले । २०७२ साल असोजमा हिम सम्झौता डिजीटल प्रा.ली. को प्रस्तुतीमा रमेश परियारको लय शव्दमा नव गायक सुनिल परियार र सन्ध्या परियारले उक्त पन्चे वाजा गीत वजारमा ल्याए । यस गीतलाई युट्युव मार्फत ४० हजार ४ सय ६६ भन्दा वढिले हेरिसकेका छन र सकारात्मक प्रतिकृया समेत दिएका छन ।
वुधवार साथीको विहेमा आएकी उनै नव लोकदोहोरी गायिका सन्ध्या परियारले पन्चे वाजाको मौकिल लोक धुनमा गीत गाउँदै कम्मर मर्काएर सवैलाई चकित पारेकी थिईन । उनको गायन कला र नृत्यको सवैले खुलेर प्रशंसा गरे ।
यसैवीचमा जन्तमिध्येकै एक म, पत्रकारको हैसियतले मैले सवैभन्दा पहिले उनको वारेमा नजिकै रहेकी एक जना दिदीसंग सोधे । कल्पना ओझा, जस्ले उनलाई शिशु कक्षा देखी पढाउँदै आएकी रहिछिन । उनको वारेमा मैले थप जिज्ञासा राख्दै गए ।
सानैदेखी गाउनमा रुचि थियो
‘‘शिशु कक्षादेखी मैले उसलाई पढाएको हुँ” शिक्षिका ओझाले थपिन, ‘‘उसको गायन क्षेत्रमा रुचि चौपट्टै हो । पढाईमा ठीक्कै थिईन । तर विभिन्न कारणले विचैमा पढाई छोडिन ।”
त्यसपछि ओझाकै पहलमा मैले सन्ध्यासंग उनको गायन यात्राको वारेमा कुरा गर्न चाहेँ ।
‘‘घरमा वाआमा, दाई हुनुहुन्छ । अहिले पोखरामा वस्दै छु साथीको विहे हेर्न आएको,” सन्ध्याले सुनाईन्, ‘‘स्कुल पढ्दादेखी नै गाउँथे । सर म्याडमहरुले पनि उक्साउनुहुन्थ्यो गाउनको लागि । दाईले पनि सपोर्ट गर्नुभयो ।”
सवैको साथ सहयोग पाएको छु
कास्की जिल्ला सिद्ध गाविस वडा नं ८ मा जन्मेकी सन्ध्या परियार आफुले हराउँदै गएको लोक संस्कृतिको जगेर्नाको लागि नै सवैभन्दा पहिले लोक पन्चे वाजाको गीत गाएको सुनाईन ।
‘‘झ्याउरे भाका गीत छिट्टै रकेर्ड गराउँदै छु,” उनले भनिन्, ‘‘यही क्षेत्रलाई अँगाली अघि वढ्नेछु । म अवसर पाए सवै किसिमको गीत गाउन सक्छु ।”
पहिलो चोटी वजारमा ल्याइएको आफ्नो गीतले थुप्रै श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएको उनले वताईन ।
‘‘छोरीले खुलेर, नाचेको र गाएको हाम्रो समाजमा राम्रो नजरले नहेर्ने प्रवृत्ति छ”उनले भनिन्, ‘‘तर मलाई त्यस्तो भएकान । परिवार समाज सवैले साथ सहयोग गर्छन । सवै यसै क्षेत्रमा तिम्रो भविष्य छ भन्छन ।”

कमेन्ट गर्नुहोस्
Share: