छात्रा तर्फ टप्स उमावि र छात्रतर्फ माउण्ट अन्नपूर्ण उच्च माविलाई जेपिक्रस बास्केटबलको उपाधि

Share:

पोखरा ७, फागुन / पोखरा रंगशालामा सुक्रबार सम्पन्न भएको १३ औं संस्करणको कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्र÷छात्रा बास्केटबल प्रतियोगिता अन्र्तगत टप्स उच्च माविले छात्रा तर्फ र माउण्ट अन्नपूर्ण उच्च माविले छात्रतर्फको उपाधि जितेका छन।

सुक्रबार भएको छात्रा तर्फको फाईनल खेलमा टप्स उच्च माविले माउण्ट अन्नपूर्ण उच्च मावि (कालो ) लाई १९–१७ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो । टप्सको जितमा ससि चौधरीले ६ स्कोरको योगदान दिईन । त्यसै गरी निकै प्रतिष्प्रर्धामा सम्पन्न भएको अर्को छात्र तर्फको फाईनल खेलमा माउण्ट अन्नपूर्णले टप्सलाई ४ स्कोरको अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । महेन्द्र पुनको २२ स्कोरको मद्धतले माउन्ट अन्नपूर्णले टप्सलाई ४५–४१ को स्कोरले पराजित गरेको हो । त्यस्तै तेश्रो स्थानको लागि भएको छात्रातर्फको खेलमा माउन्ट अन्नपूर्ण (सेतो) ले लिटिल स्टेप उच्च माविलाइ १४–४ को स्कोरले पराजित गर्दा छात्रतर्फको तेश्रो स्थानको लागि भएको खेलमा भने लिटिल स्टेप उच्च माविले डाईमण्ड उच्च माविलाई २८–२२ को स्कोरले पराजित गरी तेश्रो भएको हो । छात्र तथा छात्राको विजेता टिमलाई ७ हजार, उपविजेतालाइ ५ हजार र तेश्रो भएको दुबै टीमलाई जनहि ३÷३ हजारको साथमा ट्रफि मेडल प्रमाण पत्र वितरण गरीएको हो ।

प्रतियोगितामा छात्रा तर्फ हाईस्कोररको उपाधि टप्स उच्च माविकी ससि चौधरी र छात्रतर्फ हाईस्कोररको उपाधि माउण्ट अन्नपूर्णका महेन्द्र पुन घोषित भए । चौधरीले फाईनल खेलमा ६ र पुनले २२ स्कोरको योगदान दिए । उनीहरुलाई पुरस्कार स्वरुप ट्रफि वितरण गरीएको हो । त्यसै गरी प्रतियोगितामा छात्रा तर्फ उत्कृष्ट खेलाडीमा टप्स उच्च माविकी ममता गर्रवुजा र छात्रतर्फ उत्कृष्ट खेलाडीमा माउण्ट अन्नपूर्णका सुमन तिलिजा घोषित भए उनीहरुलाई ट्रफिको साथमा जनहि १५ सय नगद समेत प्रदान गरीएको थियो । उक्त रकम वास्केटवलका खेलाडी तेजेन्द्र पुनले खेलाडीको हौसला स्वरुप सहयोग गरेका थिए । उक्त अवसरमा बुल्स मेन क्लवले संघलाई २२ थान वास्केटवल खेलको जर्सी सहयोग गरेको छ । संघका अध्यक्ष नेत्रबहादुर सेनलाई क्लवका अध्यक्ष नानु गुरुङले हस्तान्तरण गरेको संघका सचिव धोजकुमार गुरुङले बताए । सोही अवसरमा पुर्व राष्ट्रिय खेलाडी सुरेस गुरुङले संघलाई १० हजार सहयोग गरे ।

विजयी खेलाडीहरुको टोलीलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारी, नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पीक कमितिका सदस्य तेजबहादुर गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य एवं कराँतेका अन्तर्राष्ट्रिय खेलाडी फत्तबहादुर गुरुङ, नेपाल वास्केटवल संघका केन्द्रीय उपाध्यक्ष जुम प्रसाद गुरुङ, प्रतियोगिताका मुख्य प्रायोजक तथा समाजसेवि कर्णेल जेपीक्रस, माउण्ट अन्नपूर्ण उच्च माविका प्राचार्य राम्जी शर्मा, टप्स उच्च माविका प्राचार्य रत्नमान गुरुङ, खेलकुद पत्रकार मञ्च कास्कीका सचिव दिननाथ बरालले पुरस्कार वितरण गरेका हुन । कार्यक्रममा बोल्दै पोखरा उपमहानगरपालीका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारीले यस्ता खेल गतिविधिले पोखराको सान र प्रतिष्ठान उच्च राख्ने भएकोले आगामी दिनमा नगरपालीकाले सहकार्य गर्न तयार भएको जनाए । नेपाल ह्याण्डवल संघका केन्द्रीय अध्यक्ष एवं नेपाल ओलम्पीक कमितिका सदस्य तेजबहादुर गुरुङले १३ औं साग नेपालमा हुने जसमध्य मुख्य केन्द्र पोखरामा हुने रणनितिक योजनाका साथ अब पोखरेलीहरु जाग्नु पर्ने बताए । संघका अध्यक्ष नेत्रबहादुर शेनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । फागुन ३ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ ८ वटा टिमको सहभागिता रहेको संघका सचिव धोजकुमार गुरुङले जनाए ।

कमेन्ट गर्नुहोस्
Share: