
पोखरा, फागुन ९ ,माधब पनेरु,
नेपालमा मानवअधिकारका लागि आफ्नो अनुकुलताको ब्यख्या भएको पोखरामा भएको कार्यक्रमका सहभागिहरुले बताएका छन । जनअधिकार अभियान कास्कीले आयोजना गरेका जनअपेक्षा, राष्ट्रीय परिस्थती र मानवअधिकार बिषयक अन्र्तकृया कार्यक्रममा स्थानिय स्तरमा कृयाशिल मानवअधिकारकर्मिहरुले नेपालमा मानवअधिकारको सुनिष्चीत हुन नसक्नु दुखद भएको बताएका छन ।
जनअधिकार अभियानका केन्द्रीय अध्यक्ष एकराज भण्डारीले मुख्यत राजनितिक आस्था र बिचार राख्ने अधिकार नै सुनिश्चित हुन नसकेको बताए । मानिसहरु नयाँ संबिधान आएपछि नेपालले रातारात कोल्य फेर्छ भन्ने भ्रमबाट भने मुक्त भएको उनको भनाई थियो । संबिधान जनताको पक्षमा हुनुपर्छ, अनि जनताले सबै खालको अधिकार उपभोग गर्न पाउने संबिधान नभएकोमा दुःख लागेको भण्डारीले उल्लेख गरे । सबै खालको अधिकारलाई सुनिश्चीत गर्न आवाज उठाउन सबैलाई उनले आग्रह गरे ।
कार्यक्रममा नेपाली काग्रेस कास्कीका सदस्य देबेन्द्र रानाभाटले नयाँ संबिधानले जनताका अधिकारको सस्थागत रक्षा गरेको बताए । नेकपा एमालेका जिल्ला चिवालय सदस्य लक्ष्मी अधिकारीले गणतत्त्र स्थापना र नयाँ संबिधान संगै आर्थिक बिकासका माध्यमबाट मानवअधिकारको रक्षा गर्न सकिने बताईन ।
कार्यक्रममा नेकपा क्रान्तिकारी माओबादीका केन्द्रीय महाधिबेशन आयोजक समितिका सदस्य श्रीनाथ अधिकारी, संघिय समाजबादी फोरमका राजुकाजि कर्माचार्य, नेकपा माओबादीको केन्द्रीय सदस्य साबित्रा दुरा, जलस्रोत बिद तथा अधिबक्ता डा. गोपाल सिवाकोटी,मानवअधिकार आयोग क्षेत्रीय कार्यलय पोखराका प्रतिनिधि डा. ज्योति घिमिरे ,कास्की जिल्ला बारका उपाध्यक्ष शिब सुनार, ईक्सेकका टंक खनाल लगायतले बोलेका थिए ।
