अबदेखि भरी ग्याँस सिलिण्डर पाईने

Share:

काठमाडौं, फागुन १०-
आपूर्ति मन्त्रालयले सोमबारदेखि ग्यास उद्योगीलाई पूर्णतौलको ‘फुल’ सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको छ ।

आपूर्तिमन्त्री गणेशमान पुनको अध्यक्षतामा सोमबार बसेको बैठकले पूर्णतौलका सिलिन्डर बिक्री गर्न र पेट्रोलको कोटा प्रणाली अन्त्य गर्न निर्देशन दिएको जानकारी गराइएको हो ।

खाना पकाउने एलपी ग्यास र इन्धन आयातमा केही सहजता आएसँगै उक्त निर्णय भएको जनाइएको छ । मन्त्रालयले पूर्णतौल १४ दशमलव २ किलोकै सिलिन्डर वितरण गर्न उद्योगीहरुलाई निर्देशन दिएको जनाइएको छ ।

भारतीय नाकाबन्दीका कारण ग्यासको आपूर्ति असहज भएसँगै सरकारले तत्कालीन समयावधिका लागि ७.१ किलोका आधीतौलका सिलिन्डर वितरण गर्ने व्यवस्था गराएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: