पोखराको प्रमोशन गर्न पर्यटन व्यवसायी भारतको सिलिगुडी जाने

Share:

पोखरा, ११ फागुन
भूकम्प र नाकाबन्दीले पारेको नकारात्मक सन्देश हटाउन नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) पोखरा भारतको टोली सिलिगुडी जाने भएको छ । भारतको सिलिगुडीमा हुने बेङलौर ट्राभल मार्टमा भाग लिन पोखराका व्यावसायी जान लागेका हुन् ।
शुक्रबार देखि हुने ट्राभल मार्टमा नेपाल, भारत, बंगलादेश, भुटानको सहभागीता रहने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाट्टा) पोखराका अध्यक्ष दिल गौतमले जानकारी दिए । पाँच दिनसम्म सञ्चालन हुने पोखरा प्रवद्र्धन कार्याक्रममा बिहीबार विराटनगरमा अन्तरक्रिया कार्यक्रम, शुक्रबार र शनिबार सिलिगुडीमा ट्राभल मार्टमा भाग लिएर पोखराको प्रवद्र्धधन गर्ने गौतमले जानकारी दिए ।
ट्राभल मार्टमा पोखराबाट ९ जना व्यवसायीहरु र काठमाडौबाट ९ जना गरी १८ जनाको सहभागीता रहने गौतमले जानकारी दिए । ट्राभल मार्टमा आएका विभिन्न ट्राभलहरु मार्फत पोखराको प्रर्वद्धधन गर्ने उनले जानकारी दिए । ‘भूकम्प र नाका बन्दीले पोखराको पर्यटन व्यावसाय समस्यामा परेको छ,’ गौतमले भने,‘ ट्राभल मार्टबाट पर्यटक बोलाउदा केही मात्रामा भए पनि सुधार आउने छ ।’
भूकम्पपछि खस्किएको पर्यटन उद्योग भारतको अघोषित नाकाबन्दीले थप थलिएको छ । नाका खुलेपछि अहिले केही सहज भएकाले भूकम्प र नाकाबन्दीपछि नेपाल र पोखरा भारत, भुटान र बंगलादेशबाट आउने पर्यटकहरुलाई सकारात्मक सन्देश दिन उपलब्धिपूर्ण हुने बताए । उनले मार्टमा बिटुबि बैठकबाट सकारात्मक सन्देश दिन सकिने बताए ।

कमेन्ट गर्नुहोस्
Share: