तारा एयरको बेपत्ता विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

221
0
Share:

पोखरा, फागुन १२ ।
आज बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको एउटा विमान म्याग्दीको रोक्सेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तीन जना चालक दलका सदस्य सहित २३ जना यात्रु सवार विमान दुर्घटना भएको हो ।

यात्रुहरुको अवस्था यकिन हुन नसकेको जनाइएको छ । नाइन एन.ए.एच.एच विमान बिहान सवा ८ बजेपछि सम्पर्कविहीन भएको थियो । सो विमानको चालक दलका सदस्यहरुमा क्याप्टेन रोशन मानन्धर, को–पाइलट विकेस नेम्कुल र परिचालिका रमा राउत रहेको जनाइएको छ ।

विमानमा फेन्जोक गुरुङ, लक्ष्मी हिराचन, पवित्रा केसी, रहरसिद अहमद, रेवती बराल र विनिता भट्टचन सवार थिए । त्यसै गरी बालकृष्ण निउरे, मुक्तिनाथ बास्तोला, कृष्णलाल भट्टचन, कान्छा परियार, डोल्पाछिरिङ शेर्पा, राजकुमार तामाङ, कमला थकाली, म्याक्सु वाइन्जी, लेप्साङ लामा, देवीजंग गुरुङ, दील कुमारी गौचन र मोती बहादुर केसी पनि विमानमा सवार रहेको तारा एयरले जानकारी दिएको छ ।

उद्दारमा खटिएका क्षेत्रीय प्रहरी कार्यालय पोखराका निमित्त प्रहरी नायव महानिरीक्षक महेन्द्र पोखरेलले विमानमा १८ जना नेपाली, दुई विदेशी र दुई बालबालिका रहेको जानकारी दिए ।

म्याग्दीको गल्याम्दीमा सोमबार गएको सुख्खा पहिरोका कारण धुलो उडेर दृष्यशक्ति कम भएर नै विमान दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: