कालिकोट विमान दुर्घटना: उद्दारकार्य सकियाे, घाईतेहरु सबै नेपालगञ्जमा

277
0
Share:

फागुन १४ गते-
कालिकाेटमा अाज भएकाे विमान दुर्घटनाकाे उद्दारकार्य सकिएकाे छ । काष्ठमण्डप एयरकाे विमान दुर्घटनामा परी घाइते भएकाहरुलाई नेपालगञ्ज लगिएको छ ।

उद्दारका लागि गएको हेलिकप्टरबाट घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको र केही घाइतेकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।

अाज दिउँसाे नेपालगञ्जबाट जुम्लाका लागि उडेको नाइन एन एजेबी विमानमा खराबी आएपछि फाेर्स ल्याण्डिङ्ग गर्ने क्रममा कालीकोटको चिल्खाया–२ मा  दुर्घटना भएकाे थियाे । दुर्घटनामा परि चालक र सहचालकको ज्यान गएको थियाे भने अरु नौ जना घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: