सवैको स्मृतिमा स्मरण गुरुङ, शोकमा डुव्यो भोटेओडार

339
0
Share:

श्यामशीत्तल
लमजुङ, फागुन १५-
‘‘फुलेपछि झर्नुपर्छ, जन्मेपछि मर्नुपर्छ” यो सवैलाई थाहा छ र धुव्र सत्य कुरा पनि हो । मृत्यु आफैँमा दुःखद हुन्छ । यस्ता मान्छे पनि हुन्छन जसको मृत्युको खवरले साथीभाई, ईष्टमित्र साथमा गाउँ/ठाउँमा रहेका सवैको आँखा रसाउन वाध्य हुन्छन । असल, ईमान्दार, मिलनसार मान्छेको जहाँ पनि कदर हुन्छ र सम्मान पनि ।
त्यसैमध्ये सारालाई रुवाएर यस धर्तीवाट सदाका लागि विदा लिएका छन, सुन्दरवजार ३ भोटेओडारका २६ वर्षिय स्मरण गुरुङले ।
फुटवल खेलेर प्रथम भई पुरस्कार थापेर घर फर्कदै गर्दा उनीसंगै अरु खेलाडीहरु चढेको जीप लमजुङको गहते पाखवारीको हर्रेमा दुर्घटना हुँदा स्मरण गुरुङको उपचारको क्रममा मृत्यु भयो पोखरा स्थित मणिपाल अस्पतालमा । २१ जना भने घाईते भए । उनको मृत्युले गुरुङ परिवार भाव विह्वल वनेको छ ।
smaran-gurung1

भोटेओडार शोकमा डुव्यो
अरुको दुःखमा दुःखी हुने र अरुको सुखमा पनि संगै सुखी हुने स्वभावका थिए, स्मरण गुरुङ । उनको पुख्र्यौली गाउँ प्यारजुङ हो । उनको परिवार लामो समयदेखी भोटेओडारमा वस्दै आएका थिए । टेक वहादुरु गुरुङका ८ छोरा र एक छोरीमध्येका प्यारा कान्छा छोरा थिए, स्मरण गुरुङ ।
उनका जेठो दाई जंग वहादुर गुरुङ यु.को रहेका छन । उनका माईला दाई कुमार गुरुङ, साईला दाई वुद्धि प्रसाद गुरुङ, काईला दाई चन्द्र कुमार गुरुङ हङकङमा छन, यस्तै आन्द्रे दाई हेम कुमार गुरुङ स्पेनमा छन । र उनका दाईमध्येकै सानु गुरुङ र प्रितम गुरुङ नोपलमै छन । प्रितम गुरुङ पनि जीप दुर्घटनामा परी घाईते भएका छन । अहिले उनी काठमाडौँको गा्रण्डी अस्पतालमा उपचार गर्दै छन ।
आर्थिक रुपमा सम्पन्न परिवारमा स्वर्गीय स्मरण गुरुङ सवैको प्रिय पात्र हुन ।
धनसम्पत्ति भएर पनि नमात्तिएका असल ज्ञानी मान्छे हुन उनी भन्दै स्थानीय एक वृद्धले गुरुङलाई सम्झिईन ।
गुरुङ खेलमा निकै रुचि राख्दथे । उनले भोटेओडारको खेल क्षेत्रमा निकै अतुलनीय योगदान पुर्याएको विवाईसी युवा क्लवका अध्यक्ष जीवनचन्द्र गुरुङ वताउँछन ।
स्मरण गुरुङका एक छोरा र एक श्रीमत्ति छिन । उनी भुपु सैनिक आवासिय उमावि भोटेओडारको लेखापाल थिए ।
‘‘उनी यस संसारमा छैनन भन्ने कुराको विश्वास नै लाग्दैन” विद्यालयका शिक्षिका विष्णु घलेले आँशु चुहाउँदै भनिन्, ‘‘सवैसंग मिल्ने, अरुको खुशीमा हाँस्ने, दुःखमा रोईदिने स्वाभावका मान्छे थिए, स्मरण गुरुङ ।”
उनको मृत्युले भोटेओडार पनि शोकमा छ । युवायुवतीदेखी उमेरले पाका सम्मले उनको मृत्युले भोटेओडारमा एउटा वत्ती निभे जस्तै भएको वताए ।
‘‘उहाँ शिक्षक भएपनि हाम्रा लागि साथीजस्तै हुनुहुन्थ्यो,” भुपु सैनिक उमाविको कक्षा १० मा पढ्दै गरेकी मिना घलेले भावुक वन्दै विग न्युजलाई भनिन्, ‘‘मलाई उहाँले फुटवल, व्याडमिन्टन पनि खेल्न सिकाउनुभयो । फेरि उहाँ फर्केर आउनु हुन्छ जस्तै लाग्छ ।”
स्वर्गीय स्मरण गुरुङको शव पोखराको मणिपाल अस्पतालमा राखिएको छ । आजै यु.के. वाट उनका वाआमा र जेठा दाई नेपाल आउने र भोली वौद्ध परम्परा अनुसार दाह संस्कार गरिने पारिवारिक श्रोतले वताएको छ ।
विग एफ.एम. परिवारको तर्फवाट जीप दुर्घटनामा परी मृत्यु हुनेको चिरशान्ति र घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना ।

कमेन्ट गर्नुहोस्
Share: