पोखरालाई प्लाष्टिकमुक्त नगर बनाउन यसरी हुँदैछ तयारी

247
0
Share:

पोखरा, १६ फागुन-
पोखरा उप–महानगरपालिकाले प्लाष्टिक झोला तथा गिलास निषेधित क्षेत्र घोषणा गर्नका लागि सचेतना एवम् अन्र्तक्रिया,’ कार्यक्रमलाई अभियानका रुपमा जारी राखेको छ । अभियान अन्र्तगत इन्द्रराज्यलक्ष्मी उच्च मा.वि.लामाचौरमा पोखराका १९, १६, र २८ तथा पोखरा १७ डेभिड फलमा १७, २३ र २४ नंवर वडाका बासिन्दाहरुसंग नगरपालिकाले अन्र्तक्रिया गरेको हो ।
पोखरा उप–महानगरपालिका वातावरणमहाशाखा प्रमुख वरिष्ठ ई.चन्द्रप्रसाद काफ्लेकोे अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका फोकल पर्सन ई. महेन्द्र गोदारले कार्यक्रमको औचित्यमाथी प्रकास पारेका थिए । उनलेप्लाष्टिक प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने भएकोले यसलाई न्युनिकरण गर्नुपर्ने धारणा राखे । प्लाष्टिक झोला तथा प्लाष्टिकजन्य गिलास निषेधका समस्या चुनौती एवम् बैकल्पिक उपायका वारेमा१९, १६, र २८ तथा १७, २३ र २४ का टोलविकास संस्था समन्वय समिती, वडा नागरीक मञ्च, वडास्थित राजनैतिक दलका प्रतिनिधी, आमासमूह लगायतको उपस्थिती रहेको थियो । अन्र्तक्रिया क्रममा उठेका सवालहरु माथीको खुला सेसन सुरक्षा तथा निरिक्षण महाशाखाका प्रमुख वरिष्ठ निरिक्षक वसन्त प्रसाद चालिसेले सहजीकरण गरेका थिए । कार्यक्रम वातावरण शाखाका नायव सुव्वा सविता तामाङ्गको स्वागत एवम् मुल्यांकन तथा अनुगमन अधिकृत हरि न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
उप–महानगरपालिकाले प्लाष्टिक झोला तथा गिलास निषेध कार्यक्रमका लागि यसअघि नै १, २, ३, ४ र २६ नं. वडाका सरोकारवालाहरुसंग गत फागुन ११ गते तथा वडा नं. ५, ६, ७, ८ र ९ का सरोकारवालाहरुसंग १२ गते २०,२१ र ११ नं का सरोकारवालाहरु सँग १३ गते अन्र्तक्रिया सम्पन्न गरिसकेको छ । अन्र्तक्रियाका अलावा विभिन्न सरोकारवाला निकायहरुसंग छलफल गर्ने कार्यक्रम तय भएको उप–महानगरपालिकाले जनाएको छ ।
पोखरा उपमहानगरपालिकाले २०६७ साउन १ गते पोखरालाई कालो प्लाष्टिकको झोला निषेधित क्षेत्र घोषणा गरेको थियो । सन् १९०७ मा अमेरिकाबाट उत्पादन सुरु भएको प्लाष्टिकको झोला अहिले विश्वभर फैलिएको छ । प्लाष्टिकको झोला कुहिन एक सय बर्ष लाग्ने, प्लाष्टिकले माटोको गुणस्तर घटाउने, प्रदुषण बढाउने र मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने गर्छ ।पोखरा उपमहानगरपालिकाले आगामी चैत्र १५ सम्म मौजाद रहेका प्लाष्टिक झोला तथा गिलास ब्यबस्थापन गर्न व्यावसायीलाइ आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: