दुरा भाषा, संस्कृति हराउँदै, दुरा भाषा संरक्षणका लागि सुन्दरवजारमा तालिम संचालन

436
0
Share:

श्यामशीत्तल
लमजुङ, १९ फागुन-
नेपाल विभिन्न जातजाति, भाषभाषी, धर्म संस्कृतिले भरिपुर्ण राष्ट्र हो । तर पछिल्लो सयम हाम्रा मौलिक परम्परा संस्कृति हराउँदै गएका छन । त्यस्तै, दुरा संस्कृति पनि जगेर्नाको अभावमा आझेलमा पर्दै गएको सरोकारवालाहरु स्वीकार्छन । लोपान्मुख जातिको रुपमा रहेको दुरा जाति देशको १२ वटा जिल्लामा वसोवास गर्दै आएका छन । देशभर उनीहरुको संख्या १० हजारभन्दा वढि रहेको छ ।
दुरा जातिको उद्गम स्थलको रुपमा परिचित लमजुङको १० गाविसमा पनि दुराहरुको वसोवास रहँदै आएको दुरा भातृभाषाका प्रशिक्षक मुक्तिनाथ घिमिरले वताउनुभयो ।
यसैगरी, लमजुङको सुन्दरवजारमा रहेको नेवा खलः समाजको भवनमा एक हप्ते दुरा मातृभाषा तालिम संचालन गरिएको छ ।
लोपान्मुख दुरा भाषाको जगेर्नाका लागि प्रशिक्षक तयार पार्ने उद्धेश्यका साथ सुन्दरवजारमा तालिम चलाईएको वताईएको छ ।
‘‘पछिल्लो समय दुरा संस्कृतिसंगै उनीहरुको मातृभषा पनि हराउँदै गएको छ,” तालिमका प्रशिक्षक मुक्तिनाथ घिमिरेले भन्नुभयो, ‘‘सहभागीहरुलाई दुरा भाष सिकाई प्रशिक्षक तयार पार्नु तालिमको मुख्य उद्धेश्य हो ।”
तालिमममा सुन्दरवजार नगरपालिका भित्र रहेको दुरा समुदायका ४६ जनाको सहभागिता रहेको छ ।
‘‘सहभागीहरुलाई दुरा भाषा, संस्कृति सिकाई प्रशिक्षकको रुपमा तयार पार्नेछौ,” प्रशिक्षक घिमिरले भन्नुभयो, ‘‘ उनीहरुले सिकेको कुरा समुदायका नयाँ पुस्तालाई सिकाउने छन । जस्ले गर्दा हराउँदै गएको दुरा जातिको संस्कृति र भाषा जगेर्नामा टेवा पुग्नेछ ।”
तालिममा सहभागीहरुलाई प्रशिक्षक घिमिरले दुरा भाषामा वोलीचालीमा आउने कुरा र वर्णमाला सिकाउनु हुनेछ । तालिममा दुरा समुदायका युवायुवतीदेखी प्रौढसम्मका व्यक्तिहरु सामेल भएका छन । प्रशिक्षक घिमिरले दुरा भाषासम्वन्धी लामो अध्ययन र अनुसन्धान गर्दै आउनुभएको छ ।
तालिमको उद्घाटन दुरा सेवा समाजका केन्द्रिय सदस्य चन्द्र वहादुर दुराले गर्नुभएको हो । उहाँले दुरा भाषा संस्कृतिको विषयमा तालिममा सिकेको कुराहरु व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
एक हप्ते दुरा भाषा सिकाई तालिम दुरा सेवा समाज सुन्दरवजार ईकाईको आयोजना र सुन्दरवजार नगरपालिकाको सहयोगमा संचालन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: