इन्डोनेसियामा ७.९ रेक्टर स्केलको शक्तिशाली भूकम्प

243
0
Share:

काठमाडौं, फागुन १९ । इन्डोनेसियामा नेपाली समयअनुसार बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकन जियोलोजिकल सर्भेका अनुसार इन्डोनेसियाको दक्षिणपश्चिमी पदांग सहरबाट ८ सय ८ किलोमिटर टाढा केन्द्रबिन्दू भएर ७.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको गहिराइ १० किलोमिटरमुनि रहेको बताइएको छ । विभागले भने ८.३ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

सुमात्रामा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । – एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: